औषधि व्यवसायी संघ कर्णालीमा प्रेम भण्डारी चयन

    • स्वास्थ्य पेज

  • १४ कार्तिक २०७८, आईतवार

सुर्खेतः कर्णाली प्रदेशमा नेपाल औषधि व्यवसायी संघको नयाँ नेतृत्व चयन भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिवार भएको पहिलो अधिवेशनले प्रेमबहादुर भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

संघको थोकतर्फको उपाध्यक्षमा पूर्ण बुढथापा, खुद्रातर्फका उपाध्यक्षमा पदम केसी, प्रदेश महासचिवमा दानबहादुर रोकाय, कोषाध्यक्षमा गोमाकुमारी नेपाली, सह सचिवमा रविद्र थापा र उपकोषाध्यक्षमा सरिता रोकाय चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा पूर्णप्रकाश बराल, डिल्लीराम सापकोटा, किरणप्रसाद चौलागाई, धर्मदत्त हमाल, लछिराम महत, पृथ्वीनाथ बस्नेत, रामबहादुर बस्नेत, ज्वारीलाल भट्टराई र इन्द्र केसी चयन हुनुभएको छ ।

अध्यक्ष भण्डारीले औषधि व्यवासायीका हकहित र अधिकारका सवालमा प्रभावकारी ढंगबाट संघले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

  • १४ कार्तिक २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech