बाँकेका तीनवटा प्रयोगशालामा ७ जनामा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • १३ कार्तिक २०७८, शनिबार

नेपालगन्जः बाँकेमा आज थप ७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । जिल्लाका तीनवटा प्रयोगशालामा ८५ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ३० नमुना परीक्षण गर्दा ३, मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा ३ र बागेश्वरी ल्यावमा ३० नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

आज संक्रमण पुष्टि भएका मध्ये बाँकेका ३ जना छन् । योसँगै बाँकेमा संक्रमितको कुल संख्या १८ हजार ३ सय ९४ पुगेको छ । यस्तै आज थप ४ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १६ पुगेको छ ।

अस्पतालमा ४ जना भेन्टिलेटरमा छन् भने ६ जना सिकिस्त र ८ जना मध्यम विरामी रहेको केन्द्रले जनाएको छ ।

  • १३ कार्तिक २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech