गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

    • स्वास्थ्य पेज

  • १३ कार्तिक २०७८, शनिबार

धनगढीः बझाङको केदारस्युँ गाँउपालिकाकी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

केदारस्युँ गाँउपालिका वडा नम्बर ८ की २२ वर्षीया लक्ष्मी खत्रीले बच्चा जन्माउन नसकेपछि उहाँलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो ।

लोतु सामुदायिक स्वास्थ्य इकाई प्रमुख पुष्पा बोहराका अनुसार खत्रीलाई हिंजो बिहान २ बजे सुत्केरी व्यथा लागेपछि उहाँ बिहान ६ बजे स्वास्थ्य संस्थामा पुग्नुभएको थियो ।

अवेर साँझसम्म पनि सुत्केरी हुन नसकेपछि शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने अवस्था आएकोले उहाँलाई हेलिकप्टरमार्फत धनगढी पढाइएको उहाँले बताउनुभयो ।

जयपृथ्वी राजमार्ग ठाँउ–ठाँउमा अवरुद्ध हुँदा सडकमार्गबाट अस्पताल पु¥याउन सकिने अवस्था नभएकोले हेलिकप्टरमार्फत उद्धार गरिएको गाँउपालिकाकी उपाध्यक्ष निशा धामीले बताउनुभयो ।

बेमौसमी वर्षाका कारण सडक भत्केपछि जटिल प्रकारका बिरामीलाई अस्पताल पुग्न पनि कठिन भइरहेको छ ।

  • १३ कार्तिक २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech