कोरोनाविरुद्धको खोपमा कमी हुन नदिन प्रधानमन्त्रीले दिए निर्देशन

    • स्वास्थ्य पेज

  • ११ कार्तिक २०७८, बिहीबार

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोपमा कमी नहुने गरी जुट्न कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रलाई निर्देशन दिनुभएको छ ।

बिहीबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले खोपको कमी हुन नदिन निर्देशन दिनुभयो ।

सरकारले कोरोनाविरुद्धको खोप निस्शुल्क लगाउने क्रम निरन्तर हुनुपर्ने भन्दै कमी भएमा दातासँग सहयोग माग्न, नभए आफैं खरिद गर्न निर्देशन दिनुभयो ।

देउवाले सबै नेपालीले खोप पाउनुपर्ने बताएको प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिनुभयो ।

बैठकमा कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र र स्वास्थ्य मन्त्रालयका तर्फबाट एक÷एकवटा प्रस्तुती बैठकमा गरिएका थिए। मन्त्रालयले नेपालमा कोरोना संक्रमणको अवस्था, खोपको स्टक र पाइपलाइन बारे प्रस्तुती गरेको थियो। त्यस्तै कोरोना संक्रमणको जनशक्ति व्यवस्थापन र दरबन्दीलाई सुदृढ गर्ने बारे बैठक केन्द्रले प्रस्तुती गरेको थियो।

स्वास्थ्य मन्त्रालयले करिब ३४ प्रतिशतले पहिलो र २२ प्रतिशत नागरिकले दुवै डोज खोप लगाएको प्रस्तुतीकरण बैठकमा गरेको थियो। सरकारले असोज मसान्तसम्म एक तिहाइ जनसंख्यासम्मलाई खोप लगाउने लक्ष्य लिएको थियो त्यो करिब पूरा भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो चरणमा फाइजर १ लाख डोज आएको र पाइपलाइनमा मोडर्ना थप ४० लाख, फाइजर ४० लाख, चीनबाट थप ४० लाख भेरोसेल, माल्दिभ्सबाट २ लाख तथा क्यानडाबाट पनि थोरै मात्रमा आउने छ।

  • ११ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech