बाँकेमा फेरि कोरोना संक्रमित बढे

    • स्वास्थ्य पेज

  • ९ कार्तिक २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा फेरि कोरोना संक्रमित बढेका छन् । मंगलवार थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४८ नमुना परीक्षण गर्दा १९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १२८ नमुना परीक्षण गर्दा १९ जना संक्रमित थपिएका हुन् । बागेश्वरी ल्यावमा २० नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको थियो । आज संक्रमण पुष्टि भएकामध्ये बाँकेका १४ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३८६ पुगेको छ ।

यस्तै मंगलवार थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९९७ पुगेको छ ।

  • ९ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech