बालसुधार गृहका बालबालिकालाई छाला रोग, सहयोगको याचना

    • स्वास्थ्य पेज

  • ९ कार्तिक २०७८, मंगलवार

तस्विरः नेपालगन्ज ग्यालरी

नेपालगन्जः बाँकेको डुडुवा गाउँपालिका–६ स्थित आसमानपुरमा रहेको बालसुधार गृहका बालबालिकाहरु छाला सम्बन्धि रोगबाट पीडित भएका छन् । विभिन्न मुद्दामा सजाए काटिरहेका १४० बालबालिकामध्ये अधिकांशलाई छाला सम्बन्धि रोगहरु देखिएको छ ।

दाद, लुतोलगायतका समस्याबाट उनीहरु पीडित भएका हुन् । करिव ४५ बालबालिकाहरु बढी प्रभावित भएको सुधारगृहले जनाएको छ । विभिन्न संघसंस्था तथा स्वास्थ्यकर्मीको सहयोगमा उनीहरुको औषधोउचार गरिएपनि छाला समस्या बल्झिरहेको पाइएको छ ।

गएको वर्षपनि स्वास्थ्य पेज अनलाइनले बालसुधार गृहमा निःशूल्क स्वास्थ्य जाँच तथा औषधि वितरण गरेको थियो । ती बालबालिकाहरुको छालामा देखिने समस्याको दीर्घकालिन समाधानको खोजी गरिदिन सुधार गृहले आग्रह गरेको छ ।

  • ९ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech