सांग्रीला डेभलपमेन्ट बैंकद्धारा राजापुरमा निःशूल्क स्वास्थ्य शिविर

    • स्वास्थ्य पेज

  • ८ कार्तिक २०७८, सोमबार

नेपालगन्जः सांग्रीला डेभलपमेन्ट बैंकले आफ्नो वार्षिकउत्सवका अवसरमा सोमवार बर्दियाको राजापुरमा पनि निःशूल्क स्वास्थ्य शिविर गरेको छ । यसअघि जिल्लाकै भुरीगाउँमा स्वास्थ्य शिविर गरेको थियो ।

बैंकले १७ वर्ष पूरा गरी १८ वर्ष प्रवेश गरेको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत निःशूल्क स्वास्थ्य शिविर गरिएको बैंकका क्षेत्रीय कार्यालय नेपालगन्ज प्रमुख जयेन्द्र खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त शिविरमा करिव दुईसय जनाले जनरल तथा गाइने सेवा लिएका थिए । नेपालगन्ज मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञ डा सफिया समिम शेष, डा विनिता अधिकारी, डा नौमुद्दिन अनसारी र डा स्वयता शाहले सेवा दिनुभएको थियो ।

यस्तै वार्षिकउत्सवकै अवसरमा राजापुरमा सांग्रीला बैंकको शाखा संचालनको तयारी गरिएको छ । त्यही तयारी अनुरुप एक हजार जनाले खाता खोलेको पनि प्रमुख खड्काले बताउनुभयो ।

  • ८ कार्तिक २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech