डेढ करोडको लागतमा नेपालगन्जमा केयर सिटि हस्पिटल संचालन

    • स्वास्थ्य पेज

  • ८ कार्तिक २०७८, सोमबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका–१८ भुजइगाउँ नजिकै सोमवारदेखि केयर सिटि हस्पिटल तथा रिर्सच सेन्टर संचालनमा आएको छ । बालरोग विशेषज्ञ डा विष्णुकुमार थापाले उक्त अस्पताल संचालनमा ल्याउनुभएको हो ।

तत्कालका लागि ओपिडी, इमरजेन्सीसहितको सेवा दिने गरी संचालनमा ल्याइएको यो अस्पतालले एकसाता भित्र चौविसैं घण्टा सेवा दिने संचालक समेत रहनुभएका अस्पतालका सिइओ डा थापाले बताउनुभयो ।

१५ वेडको यो अस्पतालमा सबै खाले सेवा दिने तयारी छ । एक महिनाभित्रै भिडियो एक्स रे, एक्स रे, ल्याव, अक्सिजनसहितको सेवा दिइने छ । डेढ करोडको लागतमा सुरु भएको केयर सिटि हस्पिटलले गुणस्तरीय उपकरणलाई थप्दै दक्ष जनशक्तिबाट सेवा दिने योजना बनाएको छ ।

चौविसैं घण्टा मेडिकल अधिकृत रहने यो अस्पतालमा जनरल फिजिसियन सेवा डा दृष्टि शाहले, सर्जन डा सुरेश थापा, इएन्टी सर्जन डा आनन्द झा, गाइने सेवा डा राजन महतलगायतले दिनु हुनेछ ।

संचालक डा थापा बालरोग विशेषज्ञ भएकाले उहाँले बालबालिकालाई सेवा दिनुहुने छ । अस्पतालको एक कार्यक्रमकाबीच ८७ वर्षीय सन्तबहादुर थापाले रिवन काटेर उद्घाटन गर्नुभयो । सन्त डा विष्णुका हजुरबुवा हुनुहुन्छ ।

  • ८ कार्तिक २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech