फाइजर खोप १२ बर्ष माथिका दीर्घ रोगीलाई लगाइने

    • स्वास्थ्य पेज

  • ८ कार्तिक २०७८, सोमबार

नेपालगन्जः कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट आएको कोभिडविरुद्धको १ लाख ६२० डोज फाइजर खोप २८ कात्तिक देखि लगाइने भएको छ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार २८ गतेदेखि मंसिर ३ गतेसम्म यो खोपको पहिलो डोज लगाइने बताउनुभयो ।

फाइजर खोप पहिलो डोज लगाएको ३ देखि ४ हप्ताको बीचमा दोस्रो डोज लगाउनुपर्ने समेत उहाँको भनाइ छ ।

विहान ९ बजे कतार एयरको नियमित उडानबाट ल्याइएको खोप हाल त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट रिसिभ गरी टेकु तर्फ लगिसकेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाले जनाएको छ ।

१२ बर्ष माथिका दीर्घ रोगीलाई लगाइने

बालबालिकालाई समेत लगाउन मिल्ने अमेरिका र युरोपमा बढी विश्वसनीय मानिएको यो खोपलाई नेपालमा भने १२ बर्ष माथिका दीर्घ रोगीहरुलाई लगाइने भएको छ।

खोप शाखा प्रमुख दाहालका अनुसार यो खोप १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई दिइने योजना बनाइएको बताउनुभयो । ‘बालबालिका उमेर समूहलाई पनि लगाउन मिल्ने यो खोपलाई हामीले १२ बर्ष माथिका दीर्घ रोगीहरु जस्तैः क्यान्सर, मधुमेह, मिर्गौला डायलाइसिस, मस्तिष्कघात भएका लगायतका बिरामी व्यक्तिहरु जो उपचारको लागि अस्पताल र अस्पताल बाहिर हुनुहुन्छ उहाँहरुलाई दिने निर्णय भएको छ’ उहाँले भन्नुभयो ।

दाहालका अनुसार फाइजर खोप लगाउन हाल उपत्यकामा ९ वटा केन्द्र गरि देशभर २४ वटा खोप केन्द्र तोकिएको समेत उहाँले बताउनुभयो। फाइजर खोप हालसम्म नेपालमा आएका कोरोना विरुद्धका अन्य खोपभन्दा फरक भएकाले हाल स्वास्थ्यकर्मी र भन्डारण गर्ने स्वास्थ्यकर्मीहरुलाई यस खोपको प्रयोग र सुरक्षाबारे तालिम दिइरहेको समेत उनले बताउनुभयो ।

  • ८ कार्तिक २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech