बाँकेमा आज थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ८ कार्तिक २०७८, सोमबार

नेपालगन्जः बाँकेमा आज थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३७ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा १३ नमुना परीक्षण गर्दा २ जना र बागेश्वरी ल्याबमा २४ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

आज संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३७२ पुगेको छ । यस्तै आज थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९९३ पुगेको छ ।

  • ८ कार्तिक २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech