आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

    • स्वास्थ्य पेज

  • ८ कार्तिक २०७८, सोमबार

नेपालगन्जः बालबालिकालाई आजपनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । हिंजो खोप केन्द्रमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन छुटेका बालबालिकालाई आज घरदैलो गरेर औषधि खुवाइने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।

सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदै आएको छ । बाँकेमा ५० हजार बालबालिकालाई भिटामिन ‘ए’ र ४३ हजार ५ सय बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ ।

बाँकेका ८१ वटै वडामा ७ सय ७९ महिला स्वास्थ्य स्वयमसेविकाहरु परिचालन भएका छन् ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

जुकाको औषधि भने २०५६ सालदेखि खुवाउन थालिएको हो ।

  • ८ कार्तिक २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech