बाँकेमा भेरोसेलको दोस्रो डोज कहिले ?

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०७८, आईतवार

नेपालगन्जः बाँकेमा यही कातिक १० गतेदेखि भेरोसेलको दोस्रो डोज दिइने भएको छ । ४५ देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई भेरोसेलको दोस्रो डोज दिन लागिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

उनीहरुले गएको असोज १२, १३ र १४ गते भेरोसेलको पहिलो डोज लगाएका थिए । यही १० र ११ गते ३१ हजारलाई दोस्रो डोज दिन लागिएको कार्यालयको भनाइ छ । यस्तै १८ वर्षमाथिका ७५ हजार मानिसलाई भने तिहारपछि दोस्रो डोज दिइने छ ।

उनीहरुले गएको असोज २३, २४ र २५ गते पहिलो डोज लगाएका थिए ।

बाँकेमा अहिलेसम्म ९७ हजारले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् भने पहिलो मात्रा लगाउनेको संख्या २ लाख १० हजारको हाराहारीमा रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

  • ७ कार्तिक २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech