२४ घण्टामा ५१३ जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ६ कार्तिक २०७८, शनिबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा देशभर ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ६ हजार ९३१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ५१३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ९७२ जनाको पिअिसार परीक्षण गर्दा ४३८ र १ हजार ९५९ जनाको एन्टीजेन परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर ८१७ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ।

देशभर १० हजार ५५९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर २२२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६३ हजार ७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

  • ६ कार्तिक २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech