नेपालगन्जः बाँकेमा आज थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
६६ नमुना परीक्षण गर्दा थप ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३० नमुना परीक्षण गर्दा ६ र मेडिकल कलेज कोहलपुरमा ११ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
बागेश्वरी ल्यावमा २५ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ ।
आज संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३६६ पुगेको छ । आज संक्रमण पुष्टि भएका मध्इे कोहलपुरका ३, नेपालगन्जका २ र बैजनाथका १ जना रहेका छन् ।
यस्तै आज थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९८४ पुगेको छ ।