महिलाले हस्तमैथुन गर्दा के कुरामा ध्यान दिने ?

    • स्वास्थ्य पेज

  • ६ कार्तिक २०७८, शनिबार

हस्तमैथुन यौन सुख प्राप्त गर्ने सबैभन्दा सजिलो यौन क्रियाकलापको रुपमा रहेको पाइन्छ । हस्तमैथुना पुरुष महिला सबैले गर्छन तर धेरैलाई थाहा हुँदैन कसरी गर्ने भन्ने । हाम्रो समाजका धेरैजसो मानिसले महिलाहरू हस्तमैथुन गर्दैनन् भन्ने मान्छन्, तर वास्तविकता त्यस्तो होइन । महिलाहरूले पनि हस्तमैथुन गर्छन् ।

यौवनावस्थामा पुगेका महिलाहरुले आफ्नो क्लइटरिस (भगसेफ) वरीपरीको भागमा स्पर्श गरेर हस्तमैथुन गर्ने गर्छन् । किशोरावस्थामा गरिने यौन क्रियाकलापमध्ये हस्तमैथुन दोश्रोमा पर्दछ । पुरुषको हस्तमैथुन गर्ने तरिकाको तुलनामा महिलाकोमा हस्तमैथुन गर्ने तरिकामा धेरै विविधता हुन्छ।

पुरुषहरूले लिंगलाई सहलाएर हस्त मैथुन गर्छन भने महिलाहरूले उनीहरूका विभिन्न यौनअङ्गहरूलाई प्रयोगमा ल्याएर हस्तमैथुन गर्न सक्छन। महिलाहरुले हस्तमैथुन गर्नका लागि नयाँ नयाँ तरिका वा विधिहरु अपनाउने गरेका पाइन्छन् ।

तर, आम रुपमा हातले क्लाइटोरल (यौनअंगको गोलाकार भाग) अगाडि पछाडी वा तल माथि स्पर्श गरेर यौन आनन्द लिने गर्दछन् भने केही महिलाहरुले बेडमा सुतेर तकिया (सिरानी) ले दुई तिघ्रा रगडेर योनीको तल्लोपट्टि हुने पेल्विक फ्लोर मांशपेशीलाई उत्तेजित गरेर पनि हस्तमैथुनबाट यौनसुख प्राप्त गर्दछन् । त्यसैगरी केही महिलाहरुले यौनअंगभित्र हातको वा कृत्रिम सेक्स टोयज औला छिराएर यौन आनन्द लिने गर्दछन् ।

हस्तमैथुन गर्दा यौन परिकल्पना गर्नु महत्वपूर्ण हुन्छ। तेसैले हस्तमैथुन गर्दा यौन क्रिया गर्ने व्यक्ति, स्थान र आसनको कल्पना गरेर सोही अनुरुपको यौन क्रिडा गरेको कल्पना गर्दै आनन्द लिनु पर्ने हुन्छ ।

हस्तमैथुनका बेफाईदा

हस्तमैथुन आफैमा हानिकारक होइन । यद्यपी आवश्यकता भन्दा बढी भयो भने यसले वेफाइदा पनि गर्नसक्छ । पटक पटक हस्तमैथुनमा संलग्न रह्यो भने जीवनमा असहजता उत्पन्न गर्नेतर्फ पनि सचेत गराइएको छ ।

अपनाउनु पर्ने सावधानी

योनी आफैमा एक संवेदनशील अंग हो । यौन प्यास मेटाउने नाउँमा हस्तमैथुन गर्दा धेरै जोडसँग योनीलाई रगड्नुहुँदैन । योनीमा औला या कुनै वस्तु छिराउनु अघि ती वस्तुहरु सफा भए नभएको ख्याल गर्नुपर्छ । फोहोर वा संक्रमित वस्तुहरु छिराउँदा योनीमा संक्रमण पनि आउनसक्छ । यस्तो हानीबाट बच्नको लागि हात, सेक्स टोयजहरु साबुन पानीले सफा गरेर मात्र प्रयोग गर्नुपर्छ । धारिलो तथा कडा वस्तुको प्रयोग गर्नुहुदैन । त्यस्ता वस्तुहरुले योनीमा चोट पुग्न सक्ने हुँदा त्यसतर्फ पनि ध्यान पुर्याउनु आवश्यक छ । हस्तमैथुन गर्दा फलफूल तरकारीको प्रयोग गर्नुहुँदैन । त्यसो गर्दा एउटा संक्रमणको खतरा रहन्छ भने अर्कोतर्फ ती चिजहरु भित्रै टुक्रिने र रहने पनि हुनसक्छन् ।

हस्तमैथुनले आनन्द लिन सहयोग गर्छ । सामान्यतया महिलाहरू बढी नै तनावग्रस्त रहने गर्दछन् । त्यसैले स्वतः आनन्द दिने क्रियाकलापबाट तनाव भङ्ग हुने हुँदा हस्तमैथुनले महिलालाई तनावरहित आनन्दित तुल्याउँछ । यौनसम्पर्कबाट चरमसुख प्राप्त गर्न नसकेका महिलाले हस्तमैथुनबाट चरमसुख प्राप्त गर्ने हुनाले यो बढ्दा आनन्ददायी हुन्छ । हस्तमैथुन गेर्न कुनै समय वा बार मिलाइरहनु पर्दैन । आफ्नो अनुकुलता अनुसार काममा बाधा नपुग्नेगरी सुरक्षित स्थानमा गर्न सकिन्छ ।

  • ६ कार्तिक २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech