भेरी अस्पतालमा कोभिड संक्रमित ४९ वर्षीया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • ६ कार्तिक २०७८, शनिबार

तस्विरः फाइल

नेपालगन्ज: बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा जोशीपुर गाउँपालिका ७ कैलालीका ४९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

असोज २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उहाँलाई असोज २८ गते थप उपचारका लागि भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको गएराती साढे ११ बजे मृत्यु भएको हो ।

योसँगै हालसम्म जिल्ला बाहिरबाट उपचारका लागि आएका ४२७ जनाको मृत्यु भएको छ ।

  • ६ कार्तिक २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech