कोरोनाबाट थप ११ को मृत्यु, ९३२ निको, ५७४ जनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ५ कार्तिक २०७८, शुक्रबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । देशभर गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।

यस्तै २४ घण्टामा ७ हजार २५३ पीसीआर परीक्षणमा थप ५७४ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा पीसीआर परीक्षणबाट संक्रमित हुनेको संख्या ८ लाख ८ हजार ९६ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको २ हजार १२३ परीक्षणबाट १३४ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ९ हजार ३७६ परीक्षणमा ७०८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ९३२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ८५ हजार ८१३ रहेको छ ।

हालसम्म देशभर ४३ लाख ५७ हजार ४७९ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २२३ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ११ हजार ३३७ रहेको छ ।

  • ५ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech