सरकारी अस्पताल जाँदा तिर्नुपर्छ पार्किङ शुल्क

    • स्वास्थ्य पेज

  • ५ कार्तिक २०७८, शुक्रबार

नेपालगन्जः पूर्वाधार र सेवासुविधाका हिसाबले प्रशंसा बटुल्न सुरू गरेको कर्णाली प्रदेश अस्पताल पछिल्लो एउटा विषयले आलोचित बनेको छ। अस्पताल क्षेत्रभित्र सेवाग्राहीका सवारी साधन पार्किङ गर्दा शुल्क लिन थालेपछि चौतर्फी आलोचना हुन थालेको हो।

कर्णाली प्रदेश अस्पतालमा असोज २० गतेदेखि पार्किङको शुल्क लिन सुरू गरिएको हो। मोटरसाइकल पार्किङको १० रुपैयाँ लिने गरिएको छ भने गाडी पार्किङ गरेको ५० रुपैयाँ लिने गरिएको छ।

सस्तोमा सेवा लिने उद्देश्यले सरकारी अस्पतालमा जाने सेवाग्राहीबाटै पार्किङ शुल्क लिनु अनुचित कार्य भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

कर्णाली प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्मर खड्का भने सेवाग्राहीकै हितका लागि शुल्क तोकिएको बताउनुभयो ।

सेवाग्राहीका पार्किङ गरिएको मोटरसाइकलका हेलमेट चोरी हुने भएकाले यस्तो सुरक्षाका लागि स्थानीय युवा क्लबलाई ठेक्का दिएर पार्किङ शुल्क उठाउन लगाइएको उहाँले बताउनुभयो ।

पार्किङ क्षेत्रको ठेक्का लिएको क्लबले उठाएको शुल्कबाट २० प्रतिशत अस्पताललाई दिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।

  • ५ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech