बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा विभिन्न सरुवा रोगको जोखिम

    • स्वास्थ्य पेज

  • ५ कार्तिक २०७८, शुक्रबार

काठमाडौं: बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा विभिन्न सरुवा रोगको जोखिम रहेकाले विशेष सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।

कोरोना महामारीसँगै पानीजन्य सरुवा रोग फैलनसक्ने खतरा भएकाले विशेष ध्यान दिन विज्ञहरुले सुझाएका हुन् । केहीदिन यताको वेमौसमी वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानको समस्या छ । यस्तो अवस्थामा कोरोनासँगै अन्य विभिन्न प्रकारका सरुवा रोग फैलने खतरा बढ्ने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका फिजिसियन डा. प्रवेश पन्त बताउँनुहुन्छ ।

दूषित पानी तथा खानाका कारण हुने रोगबाट बच्न, सफा पानी र शौचालयको प्रयोग गर्न डा.पन्त आग्रह गर्नुहुन्छ । प्रभावित क्षेत्रमा सामूहिक रुपमा बस्दा सरसफाइ र खानपानको ख्याल गरिएन भने स्वास्थ्यमा ठूला समस्या निम्तिन सक्छ ।

खानेकुरा, पिउने पानी र सरसफाइमा ध्यान पु¥याउन नसकेको खण्डमा झाडापखाला, आउँ, हैजा, टाइफाइड, हेपटाइटिस, डेंगी, स्क्रब टाइफस र हावाबाट सर्ने विभिन्न किसिमका रोगको सिकार बन्न सकिने भएकाले सचेत रहन उहाँ सुझाव दिनुहुुन्छ । यसैगरी यो समयमा छालामा समेत विभिन्न समस्या देखिन सक्ने उहाँ बताउँनुहुन्छ ।

यसैबिच केहीदिन यता कोरोना संक्रमणको ग्राफ ओरालो लागे पनि संक्रमणको जोखिम उत्तिकै छ । बाढीपहिरो, डुबानका कारण देशका विभिन्न भागमा अस्थायी शिविरमा सामूहिक रुपमा बस्दा जनस्वास्थ्यका मापदण्ड पालना गर्न चिकित्सकहरुले आग्रह गरेका छन् ।

बाढीपहिरो प्रभावितलाई सहयोग गर्नेहरुले पनि यस्ता कुरामा ध्यान दिनुपर्ने विज्ञ बताउँछन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कुनै रोग तथा सङ्क्रमण भने देखिएको छैन। तर, जोखिम उच्च रहेकाले आवश्यक सावधानी अपनाउन भनिएको छ ।

  • ५ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech