बाँकेमा आज थप ९ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ४ कार्तिक २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा आज थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१४३ नमुना परीक्षण गर्दा थप ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ६० नमुना परीक्षण गर्दा ५, मेडिकल कलेज कोहलपुरमा ६६ नमुना परीक्षण गर्दा ३ जना र बागेश्वरी ल्यावमा १७ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।

आज संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३५५ पुगेको छ ।

यस्तै आज थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९७४ पुगेको छ ।

  • ४ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech