स्वास्थ्यकर्मीलाई स्वास्थ्य ब्यवस्थापन सूचना प्रणाली तालिम

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०७८, बुधबार

नेपालगन्जः बाँकेको खजुराका स्वास्थ्यकर्मीलाई चार दिने स्वास्थ्य ब्यवस्थापन सूचना प्रणाली तालिम आजबाट शुरु भएको छ ।

गाउँपालिकाको आयोजना तथा अष्ट्रेलियन एड, भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप) बाँके र केयर नेपालको आर्थिक सहयोग तथा स्वास्थ्यको लागि सक्षम प्रणाली कार्यक्रमको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो ।

तालिममा स्वास्थ्य ब्यवस्थापन सूचना प्रणालीको बारे जानकारी, तथ्याङ्क इन्ट्री गर्ने तरिका, तथ्याङ्कको विश्लेषण, तथ्याङ्कको प्रस्तुतीकरण र तथ्याङ्कको सही प्रयोग बारे प्रशिक्षण गरिने बी–ग्रुपका फिल्ड सुपरभाईजर सम्झना चौधरीले जानकारी दिनुुभयो ।

तालिमको सहजीकरण स्वास्थ्य कार्यालय, बाँकेका मलेरिया इनिस्पेक्टर निरिक्षक दुर्गा गौतम र नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक सरोज रिमालले गरिरहनु भएको छ।

यस अघि पनि बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका स्वास्थ्यकर्मीहरुलाई पनि स्वास्थ्य ब्यवस्थापन सूचना प्रणाली तालिम प्रदान गरिएको थियो ।

  • ३ कार्तिक २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech