पछिल्लो २४ घन्टामा ठूलो संख्यामा कोरोनामुक्त

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०७८, बुधबार

नेपालगन्ज: पछिल्लो २४ घण्टामा ६ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार चार सय २६ जनाको नमुना परीक्षण गर्दा ६ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण भएका नमुनामध्ये सात दशमलव ८५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएकाे हो । हिजो १० प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएकोमा आज सङ्क्रमण दर केही घटेको छ ।

आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख सात हजार ५२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३ हजार ६ सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात सय ५८ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८४ हजार एक सय ५५ पुगेको छ ।

यही अवधिमा १३ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय १८ पुगेको छ । अहिले नेपालमा ११ हजार पाँच सय ७९ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ७६ जनाको आईसीयू र एक सय चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा नौ हजार आठ सय दुई जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा कम्तीमा पहिलो मात्रा खोप लगाउने मानिसको सङ्ख्या एक करोड ५० लाख ५८ हजार ९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरूमध्ये ६४ लाख ८९ हजार आठ सय २८ जनाले पूर्ण मात्रा र ८५ लाख ६८ हजार दुई सय ६२ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

  • ३ कार्तिक २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech