कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०७८, बुधबार

नेपालगन्जः सरकारले यस वर्ष कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।

सरकारले प्रत्येक वर्ष कात्तिक ३ र ४ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

तर यो वर्ष भने दशैंको विदा पर्न गएकोले ४ दिन ढिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदै आएको छ ।

आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अभिभावकलाई आग्रह गरेको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले खोप केन्द्रमा जाँदा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

  • ३ कार्तिक २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech