अस्पताललाई आर्थिक व्ययभार थपिने गरी सहमति गर्न सकिदैनः निर्देशक डा. कनोडिया

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०७८, बुधबार

विभिन्न सात बुँदे माग राखेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी आन्दोलनमा छन् । प्रशासकिय कार्यकक्षमा तालाबन्दी गरेका उनीहरुले बुधवारदेखि आपतकालिन सेवा बाहेकका अन्य सबै सेवा बन्द गरेका छन् । कर्मचारीहरुले आफुहरुको मागमा व्यवस्थापन पक्ष गम्भीर नभएको आरोप लगाएका छन् । यहाँसम्मकी सरकारले उपलब्ध गराएको सेवासुविधा समेत अस्पताल प्रशासनले आफैले राखेको तर कर्मचारीहरुलाई नदिएको उनीहरुको आरोप छ । यसै सन्दर्भमा स्वास्थ्य पेजका लागि प्रियास्मृति ढकालले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा सुरेश कुमार कनोडियासँग कुराकानी गर्नुभएको छ ।

कर्मचारीले पटकपटक आन्दोलन गर्नुपर्ने अवस्था किन आइरहेको हो ?
कोभिड महामारीका कारण विगत दुई वर्षदेखि देश आर्थिकरुपमा धरासयी भएको छ । त्योबाट हेल्थसेक्टर पनि अछुतो रहन सकेन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले पनि कोभिडका कारण ठूलो घाटा वेहोर्नु प¥यो । आर्थिक वर्ष ०७६-७७ मा करिव १८ करोड घाटा वेहोरेको मेडिकल कलेजले गएको आर्थिक वर्ष ०७७-७८ मा करिव ५ करोड घाटा वेहो¥यो । त्यस्तै ०७७-७८ मा एकजना विद्यार्थी पनि एमबीबीएस भर्ना भएन् ।

विद्यार्थी अस्पतालको सबैभन्दा ठूलो आयस्रोत हो । कोभिडले मुख्य आयस्रोतदेखि बिरामीको संख्या समेत न्यून भएपछि दुई आर्थिक वर्ष अस्पताल घाटामा चलिरहेको छ । संस्था आर्थिकरुपमा घाटामा चलिरहेका बेला कर्मचारीको सेवा सुविधा कसरी बढाउँन सकिन्छ ? उहाँहरुका अधिकांश माग सेवासुविधासँग जोडिएको छ । तत्काल अस्पताल प्रशासनले सेवा सुविधा बढाउने स्थिति छैन् ।

अस्पताल आर्थिकरुपमा घाटामा चलिरहेको बेला सेवासुविधा बढाउन सकिदैन भनेर कर्मचारीहरुलाई किन बुझाउन नसक्नु भएको हो ?
अस्पतालको आर्थिक अवस्था कस्तो छ भनेर उहाँहरु (कर्मचारी)लाई स्पष्टसँग भनिएको छ । आर्थिक प्रशासनिक क्षेत्रमा पनि कर्मचारी नै खटिनुभएको छ । यसमा लुकाउनु पर्ने, छिपाउनु पर्ने कुरा के छ र ? कोभिड पहिले अस्पतालको आयस्रोत कस्तो थियो र कोभिडपछिको अवस्था के छ ?

क्यास काउन्टरमा बस्ने पनि कर्मचारी नै हो । तर खै किन उहाँहरु आन्दोलन गरिरहनुभएको छ मैले बुझ्न सकिरहेको छैन् । सबै कर्मचारीलाई नेपाल सरकारले तोकेअनुसार नै तलवभत्ता दिइएको छ । संकटको यस्तो बेलामा थप तलवभत्ता बढाउन सम्भव छैन् । अस्पताललाई थप आर्थिक व्यवभार पर्नेगरी सहमति हुन सक्दैन् ।

उसो भए कर्मचारीको यो जवरजस्तको आन्दोलन हो ?
कर्मचारीका नेताहरुसँग पटकपटक वार्ता भएको छ । श्रम कार्यालयमा पनि वार्ता भएको छ । आर्थिक प्रशासनिकका कर्मचारीसँग पनि वार्ता भएको छ । सबैसँग विभिन्न चरणमा वार्ता भएको छ ।

कर्मचारी नेताहरुलाई स्पष्टसँग थाहा छ अस्पतालको अवस्था के छ भन्ने ? तर कर्मचारीहरु बढ्दा क्रान्तिकारी बन्न थाले । मैले खल्तीबाट लिएर दिने कुरा भएन । ठिक छ तालाबन्दी गर्नुहोस् । संस्था बलियो भयो भने न हो कर्मचारीलाई थप सेवा सुविधा दिने । उहाँहरुको पनि त अधिकार हो । तर संस्था नै घाटामा छ भने तलवभत्ता बढाउनु प¥यो भनेर आन्दोलन गर्नु कति उचित हो ? हामीले नेपाल सरकारको कुन गाइडलाइनलाई पालना गरेका छैनौं ? सामाजिक सुरक्षा कोष लागू गरिएको छ ।

तत्कालको अवस्थामा कुनैपनि सेवासुविधा थप्ने अवस्था छैन ?
अस्पताललाई आर्थिक व्यवभार थप्ने अवस्थै छैन् । बरु उहाँहरुले के हेर्न चाहनु हुन्छ त्यो स्पष्टसँग देखाउन तयार छौं । आउनुहोस् अस्पतालको आर्थिक अवस्था हेरौं सबै पारदर्शी छ ।

यदी अस्पताल फाइदामा छ भने तपाईहरुको माग सम्वोधन गर्न गाह्रो छैन् । तर आर्थिक अवस्था धरासयी भएको बेला लतवभत्ता बढाउनु प¥यो भनेर लेडी ढिपी गर्नु भएन् । अस्पताल तपाईहरुको पनि हो । यसलाई राम्रो बनाउन सकियो भने तपाईहरुलाई पनि राम्रो होला धरासयी बनाउँदै लगे तपाईहरुलाई पनि अप्ठ्यारो पर्ला ?

अव सहमतिको मिलन विन्दु के हुन सक्छ ?
कर्मचारीहरुले सधै दशैंमा बोनस पाउने गरेका थिए । अहिले पूर्णरुपमा दिन सकिएन । त्यो कुरा उहाँहरु (कर्मचारी)लाई राम्रोसँग थाहा छ । दुई वर्षअघि सम्म त उहाँहरुले बोनस पाउँदै आउनुभएको थियो ।

सधै यही अवस्था रहदैन् । मेरो आग्रह छ अव एक वर्ष धैर्य गर्नुस् । छठ पर्वपछि एमबीबीएसको भर्ना सुरु हुदैछ । कोभिडको संक्रमण विस्तारै कम हुदै गएको छ । यो आर्थिक वर्षमा अस्पताललाई घाटा हुनबाट जोगायौं भने तपाईहरु (कर्मचारी)को सेवा सुविधा थपिन्छ ।

अस्पताल फाइदामा गयो भने त्यसको फाइदा तपाईहरुले नै लिने हो । त्यसैले आन्दोलन गर्नुको कुनै अर्थ छैन । बरु अस्पतालको वृद्धि विकासमा ध्यान दिनुस् ।

 

 

  • ३ कार्तिक २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech