बाँकेमा कोरोना संक्रमित ३६ वर्षीय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०७८, बुधबार

तस्विरः फाइल

नेपालगन्ज: बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका-१० बाँकेका ३६ वर्षीय परुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

असोज २४ गते कोभिड संक्रमण पुष्टि भएपछि उहाँ सोहीदिन थप उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना हुनुभएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको आज बुधबार बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँकेका ३३७ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

  • ३ कार्तिक २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech