बाँकेमा आज थप ९ जनामा कोभिड, ४ जना भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • २ कार्तिक २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा आज थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८१ नमुना परीक्षण गर्दा थप ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगञ्जमा ३६ नमुना परीक्षण गर्दा ४, मेडिकल कलेज कोहलपुरमा २३ नमुना परीक्षण गर्दा ४ जना र बागेश्वरी ल्यावमा २२ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।

आज संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३५१ पुगेको छ ।

यस्तै आज थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९५३ पुगेको छ ।

अस्पतालमा उपचाररत् मध्ये ४ जना भेन्टिलेटर छन् । ५ जना सिकिस्त बिरामी छन भने २२ जना मध्यम खाले बिरामी रहेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

  • २ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech