बाँकेमा ११५ नमुना जाँच्दा १२ जनालाई कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • १ कार्तिक २०७८, सोमबार

नेपालगन्जः बाँकेमा आज थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११५ नमुना परीक्षण गर्दा थप १२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगञ्जमा ४७ नमुना परीक्षण गर्दा ८ र मेडिकल कलेज कोहलपुरमा २७ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

बागेश्वरी ल्याबमा ४१ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ । आज संक्रमण पुष्टि भएकामध्ये बाँकेका ७ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३४६ पुगेको छ ।

यस्तै आज थप ९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९४९ पुगेको छ ।

  • १ कार्तिक २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech