मेडिकल कलेजको स्कारपियोले ठक्कर दिँदा एकको मृत्यु, अर्का घाइते

    • स्वास्थ्य पेज

  • १ कार्तिक २०७८, सोमबार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको गाडीले ठक्कर दिँदा नेपालगन्जमा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मेडिकल कलेजको बा १४ च १३८७ नम्वरको स्कारपियोको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका–१७ का ४२ वर्षीय अर्जमान इद्रिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

ठक्करबाट सोही स्थानका ठक्करबाट साइकल चालक सोही स्थानका २५ वर्षीय सलमान इद्रिसी घाइते हुनुभएको छ ।

उहाँको मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उक्त स्कारपियो वीपीचोकदेखि भन्सारतर्फ गइरहेको थियो । गणेशमान चोकमा पुग्दा साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

घटनास्थलका प्रत्यक्षदर्शीका अनुसार चालकले मदिरा सेवन गरेका थिए ।

  • १ कार्तिक २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech