कोरोना अपडेटः  बाँकेमा संक्रमण पुष्टि भएका मध्य सबै कोहलपुरका

    • स्वास्थ्य पेज

  • ३१ आश्विन २०७८, आईतवार

नेपालगन्जः बाँकेमा आज थप ६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन । तीन वटा प्रयोगशालामा ४५ नमुना परीक्षण गर्दा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १ र मेडिकल कलेज कोहलपुरमा ५ जना गरी ६ जनामा भाइरस संक्रमण देखिएको छ । तीमध्ये बाँकेका ४ जना छन् । उनीहरु सबै कोहलपुरका हुन् । आज संक्रमण पुष्टि भएकासँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ३ सय ३४ जना पुगेको छ ।

यस्तै आज थप १४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ४० पुगेको छ ।

कोरोना संक्रमित बिरामी मध्ये ४ जना सिकिस्त छन भने १७ जना मध्यम छन् । ३ जनाको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

  • ३१ आश्विन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech