भेरी अस्पतालमा ३८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३१ आश्विन २०७८, आईतवार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ ।

बर्दिया बासगढी नगरपालिका-९ की ३८ वर्षीया महिलाको मृत्यु भएको हो । उनलाई असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थिया । त्यसैदिन उनी अस्पताल भर्ना भएकी थिइन् ।

स्वास्थ्यमा सुधार नआउँदा उनको उपचारकै क्रममा आइतवार विहान ७ः ३० बजे मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ४ सय २४ जनाको मृत्यु भएको छ।

  • ३१ आश्विन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech