बदाम खानुका यस्ता छन् फाइदा

    • स्वास्थ्य पेज

  • ३१ आश्विन २०७८, आईतवार

बदाम पोषणको खानी नै हो। यसमा प्रोटिन, फाइबर, फ्याट, भिटामिन इ, मेग्नेसियम, म्याङगुनिज, कपर, फ्रसफरस जस्ता तत्व हुन्छन् जुन तैल घटाउन निकै फाइदाजनक हुन्छ।

योसँगै, यसले मुटुको स्वास्थ्यलाई पनि ख्याल गर्छ। कोलेस्ट्रोल घटाउन मद्धत गर्दछ।

बदामलाई विभिन्न तरिकाले खान सकिन्छ, जस्तै, भिजाएर वा सुख्खा या विभिन्न खानाका परिकारमा मिसाएर, मिठाईमा राखेर खान सकिन्छ।

स्वास्थ्यका लागि फाइदाजनक भएका कारण चिकित्सक तथा पोषणविदहरुले बदाम दैनिक खान सल्लाह दिन्छन्, तर धेरैले दैनिक कतिवटा बदाम खाँदा स्वस्थ्य रहिन्छ भन्नेमा दुविधा रहन्छ।

म्याक्स हेल्थकियरका पोषणविद् रितीका समाधरका अनुसार दैनिक २८ देखि ३० ग्राम बदाम दैनिक खानुपर्छ। यसको मतलब २२ देखि २३ वटा बदाम खाने गर्नुपर्छ।
दैनिक खाना वा खाजा खाँदा बदाम पनि खाने गर्नुपर्छ। विभिन्न अध्ययनका अनुुसार सधैं बदाम खाँदा ठूलो पट वा भुँडी हुने समस्या कम हुँदै जान्छ। शरीरको तौल तथा मुटुको स्वास्थ्य ध्यान राख्नका लागि २२ वटा बदाम खानै पर्छ, उनले भनिन्।

बदामले कोलेस्ट्रोल कम गराउँछ

बदाममा धेरै कोलेस्ट्रोल हुन्छ भन्ने हल्ला गलत रहेको बताउँछिन् समाधर। बदाममा शून्य कोलेस्ट्रोल हुन्छ। बोट विरुवाबाट उम्रने कुनै फलमा पनि कोलेस्ट्रोल हुँदैन। मुटुको रोग तथा मधुमेह भएका विरामीलाई बदाम खानुहुन्न भन्ने कुरा गलत हो। कोलेस्ट्रोल नहुने भएकाले यसले सबै खाले रोग लागेका विरामीलाई फाइदा पु¥याउँछ।

बदामले गर्मी गराउँदैन

बदामले एकदमै गर्मी बढाउने विश्वास राखिन्छ, तर यी सबै गलत हुन्। कतिपयले दैनिक ४ दखि पाँच वटा बहेक बढि बदाम खानुहुन्न भन्ने गरेका छन्। वास्तवमा अन्य जंक फुड खानुभन्दा बदाम खानु उपयुक्त हुन्छ।

बदाम खाँदा बोक्रा निकाल्न जरुरी छैन

बदाम भिजाएर खाँदा विभिन्न पोषणको तत्व पाइन्छ, तर यसको बोक्रा निकाले फ्याँक्नु जरुरी छैन। बदाममा धेरै फाइबर हुन्छ, यदि बोक्रा नै निकालेर फ्याँके यसमा भएको फाइबर पनि जान्छ।

 

 

  • ३१ आश्विन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech