कोभिड संक्रमणका कारण रुसमा एकैदिन एकहजार बढीको मृत्यु

    • स्वास्थ्य पेज

  • ३० आश्विन २०७८, शनिबार

काठमाडौं: कोरोना भाईरस संक्रमणका कारण रुसमा एकैदिन एकहजार बढीको मृत्यु भएको छ ।

कोभिड संक्रमण सुरु भएयता पहिलो पटक एकैदिन हजार बढीले ज्यान गुमाएको त्यहाँका सरकारी अधिकारीले जनाएका छन् । हिजो रुसमा एक हजार दुई जनाको ज्यान गएको र ३३ हजार दुई सय ८ जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ ।

रुसमा अहिले कोरोनाविरुद्धको खोप कार्यक्रम ठप्प जस्तै छ भने प्रतिबन्ध पनि खुकुलो पारिएको छ । रुसमा जम्मा ३१ प्रतिशतले मात्रै खोप लगाएका छन् ।

 

  • ३० आश्विन २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech