१४७ जनामा संक्रमण पुष्टि, ८४५ जना निको भए

    • स्वास्थ्य पेज

  • ३० आश्विन २०७८, शनिबार

काठमाडौं: गएको २४ घण्टामा देशभर थप १४७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

१ हजार ७७३ नमुना परीक्षण गर्दा १४७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । १ हजार ४४६ नमुनाको पीसीआर परीक्षण गर्दा १३६ जना र ३२७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर संक्रमण मुक्त भएर थप ८४५ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको छ ।

  • ३० आश्विन २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech