कोरोनाबाट बाँकेमा थप एकजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २९ आश्विन २०७८, शुक्रबार

तस्विरः फाइल

नेपालगन्ज: बाँकेमा कोरोना संक्रमित थप एकजनाको मृत्यु भएको छ ।

नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा बाँके बैजनाथ गाउँपालिका–३ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ

असोज १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि असोज १७ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नआउँदा उनको बिहीवार साँझ साढे ७ बजे मृत्यु भएको हो । यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।

  • २९ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech