महिनावारी रोक्ने औषधिको सेवनले देखिन सक्ने समस्याहरु ?

    • स्वास्थ्य पेज

  • २९ आश्विन २०७८, शुक्रबार

महिनावारी एउटा महिलाहरुमा हुने प्राकृतिक प्रक्रिया हो । रजस्वला हुँदा अरुलाई छुनु हुँदैन्, धार्मिक कार्यहरुमा सहभागी हुनुहुँदैन् भन्ने भ्रमले रजस्वला रोक्न महिलाले विभिन्न खाले औषधि खाने गर्छन । पुजा आजा तथा टाढा यात्रा गर्नु लगाएतका कारण पनि महिलाहरुले महिनावारी रोक्ने औषधि प्रयोग गर्ने गर्दछन् ।

पछिल्लो समय चिकित्सकको परामर्श बिना नै महिनावारी रोक्ने औषधि प्रयोग गर्नेहरु धेरै रहेको पाइन्छ । यस्ता औषधिले महिनावारीलाई पछाडि सार्ने काम त गर्छन् तर यसले स्वास्थ्यमा पनि गम्भीर असर पार्ने गर्छ ।

बारम्बार प्रयोग गर्दा देखिन सक्ने समस्याहरु ?

– महिनावारी रोक्ने औषधिले महिनावारी चक्र र सम्पूर्ण प्रजनन् स्वास्थ्यमा असर पुर्याउँनुका साथै महिनावारी चक्रमा पनि गडबडी ल्याउँछ।

– गर्भाधानमा असर पुग्नुका साथै यसले धेरै जसो महिलाहरुलाई अत्याधिक रगत बग्ने समस्या पनि उत्पन्न गराउँदछ ।

– बारम्बार यस्ता औषधिको सेवनले नसामा रगत जम्ने, पल्मोनरी एन्बोलिज्म जस्ता रोगको खतरा बढाउँछ । साथै पेट दुख्ने, ऐठन हुने र बान्ता हुने जस्ता समस्याहरु    पनि निमत्याउँछ ।

– यसले हर्मोन उत्पादनमा पनि गडबढी गर्छ ।

-महिनावारी नियमित नहुने भएकाले पेटमा बोसो जम्मा हुन थाल्छ । जसले गोप्य अंगमा इन्फेक्शन हुने, इरिटेशन हुने, पिसाबमा जलन हुने, थकान, कमजोरी र पेट खराब हुने जस्ता समस्या हुन्छ ।

-स्तन दुख्ने, स्तनमा गिर्खाहरु देखिने

– तौल बढ्ने, उच्च रक्तचाप ,भविष्यमा स्तन र पाठेघरको क्यान्सरको जोखिम हुने जस्ता समस्याहरु देखिन सक्छन् ।

यो औषधि जति सहज र सस्तोमा उपलब्ध छ । यसको प्रयोगले दिने परिणाम भने राम्रो छैन् । यद्यपि, हाम्रो समाजमा यसको बारेमा कमै मात्र महिलालाई जानकारी छ । जानकारी भएका महिलालले पनि सहज हुने भएकाले बारम्बार यो औषधि प्रयोग गर्ने गरेका छन् । यस्तो समस्याबाट बच्न प्रयोगकर्ता महिला नै सजक हुनु पर्छ ।

रजस्वला नियमित प्रक्रिया हो । यसलाई रोक्नु हुदैन ।

 

  • २९ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech