आज विश्व हात धुने दिवस, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

    • स्वास्थ्य पेज

  • २९ आश्विन २०७८, शुक्रबार

काठमाडौं: आज विश्व हात धुने दिवस । हाम्रो भविष्य हाम्रै हातमा छ अगाडि बढौँ भन्ने नाराका साथ मनाइँदैछ । विश्व हात धुने दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले स्वच्छ र स्वस्थ जीवनको कामना गर्नुभएको छ । आफ्ना हातका औँलाहरु सफा राख्नु अत्यन्तै महत्त्वपूर्ण कार्य भएको भन्दै उहाँले विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरस संक्रमणबाट बच्नका लागि समेत हातको सरसफाइ एक भएकाले साबुन पानीले मिचिमिची हात धुन आग्रह गर्नुभएको छ ।

सन् २००८ देखि प्रत्येक अक्टोबर १५ मा यो दिवस मनाइन्छ । नियमित रुपमा साबुनपानीले हात धोए भाइरस तथा ब्याक्टेरियाको फैलावट न्यूनीकरण गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

मिचीमिची साबुनपानीले हात धुने र सफा पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भई झाडापखालालगायत अन्य फोहरजन्य रोगव्याधिबाट बच्न सकिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

  • २९ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech