थपिए ७९२ कोरोना संक्रमित, १४ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २६ आश्विन २०७८, मंगलवार

नेपालगन्ज: पछिल्लो २४ घण्टामा थप ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

९ हजार ६ सय १९ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण मुक्त हुनेको संख्या भने ९१० जना छन् ।

यस्तै थप १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म नेपालमा ११ हजार २५७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा कुल १४ हजार ५ सय ५४ जना सक्रिय संक्रमित छन् ।

  • २६ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech