दसैँमा मासु कसरी, कति खाने ?

    • स्वास्थ्य पेज

  • २६ आश्विन २०७८, मंगलवार

मासु कति खाने भन्ने कुरा व्यक्तिको पाचन क्षमतामा निर्भर रहन्छ । पाचन क्षमता राम्रो भएका व्यक्तिले केही धेरै खाँदा पनि फरक पर्दैन । तर, पाचन क्षमता कमजोर भएका व्यक्ति सचेत हुनुपर्छ ।

व्यक्तिको उमेर र दैनिक गतिविधि तथा व्यायामले यसमा फरक पार्छ । १० वर्षमुनिका व्यक्तिको पाचन शक्ति कमजोर हुने भएकाले मासु निकै कम खाने या सकेसम्म नखाएकै राम्रो हुन्छ ।

६० वर्षभन्दा माथिका व्यक्तिले पनि मासु पचाउन मुस्किल पर्छ । अन्य उमेरका व्यक्तिले आफ्नो पाचन क्षमता तौलेर मासु खानुपर्छ ।

मासु खाँदा सलाद र सागसब्जी पनि मिलाएर खाँदा ब्यालेन्स मिल्छ । मासु खाने समयले पनि पच्ने/नपच्ने निक्र्योल गर्छ । बिहानको समयमा मासु खानु राम्रो हुन्छ ।

बेलुका खाएको मासु पचाउन गाह्रो हुन्छ । राति सुत्ने समय भएकाले बेलुका मासु खाँदा पच्न गाह्रो हुन्छ ।

  • २६ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech