६ वर्षीय बालकसहित बाँकेमा आज १० जना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २५ आश्विन २०७८, सोमबार

नेपालगन्जः बाँकेमा आज थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७८ नमुना परीक्षण गर्दा थप १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगन्जमा ३६ नमुना परीक्षण गर्दा ९ र मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।

बागेश्वरीमा १७ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको थियो ।

आज संक्रमण पुष्टि भएका मध्य खजुराका ६ वर्षीय बालकसहित बाँकेका ९ जना छन् ।

नेपालगन्जका २, खजुराका ३, बैजनाथका २ र कोहलपुरका २ जना हुन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३०७ पुगेको छ ।

  • २५ आश्विन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech