सेती प्रादेशिक अस्पतालमा थप १८ जनामा कोभिड, एकको मृत्यु

    • स्वास्थ्य पेज

  • २५ आश्विन २०७८, सोमबार

धनगढीः सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६९ जनाको नमूना परिक्षण गरिएकोमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिनुभयो ।

हाल अस्पतालमा ६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५ जनाको आइसियुमा उपचार भईरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालले जनाएकोे छ ।

यस्तै अस्पतालमा १ जना बिरामी भर्ना भएका छन् । यस्तै अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको दोधारा चाँदनी ९ की ८० वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ ।

  • २५ आश्विन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech