बाँकेमा ४४ नमुना परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २४ आश्विन २०७८, आईतवार

नेपालगन्जः बाँकेमा आज थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

४४ नमुना परीक्षण गर्दा थप ६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा १४ नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

भेरीमा ८ र बागेश्वरीमा १४ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको थियो ।

आज संक्रमण पुष्टि भएका मध्य बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २९८ पुगेको छ ।

यस्तै आज थप ८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८९१ पुगेको छ ।

  • २४ आश्विन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech