२ र ७ वर्षीया बालिकासहित बाँकेमा २३ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा आज थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९६ नमुना परीक्षण गर्दा थप २३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये २ र ७ वर्षकी दुई बालिका पनि छन् ।

भेरी अस्पतालमा ५४ नमुना परीक्षण गर्दा १५ र मेडिकल कलेज कोहलपुरमा ३० नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ ।

बागेश्वरी ल्याबमा १२ नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएन । आज संक्रमण पुष्टि भएका मध्य बाँकेका ११ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २८४ पुगेको छ ।

यस्तै आज थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८७७ पुगेको छ ।

  • २२ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech