दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०७८, शुक्रबार

नेपालगन्जः बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका १ स्थित हाट स्वास्थ्य चौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो ।

स्थानीय सुरेन्द्र बहादुर धनुसेले मदिरा सेवन गरी विहीबार साँझ महिला स्वास्थ्यकर्मीहरुमाथि हातपात गरेका हुन् ।

कोरोना खोप नलगाएको भन्दै मदिरा सेवन गरेर स्वास्थ्यकर्मीमाथि हातपात र गाली गलौज गरेको स्वास्थ्य चौकीका ईञ्चार्ज दिपेन्द्र बहादुर धामीले जानकारी दिनुभएको छ ।

हातपात गर्ने धनुसे फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

  • २२ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech