पत्रकार महासंघद्धारा डा योगीसहित एक दर्जनलाई सम्मान, तीन सयबढी पत्रकारको दुर्घटना वीमा

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०७८, शुक्रबार

नेपालगन्जः नेपाल पत्रकार महासंघ बाँकेले कोभिड महामारीमा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । पत्रकारहरुको दुर्घटना वीमा सम्झौता, कोभिड सम्मान तथा दसैं शुभकामना आदानप्रदान कार्यक्रममा चिकित्सकसहित झन्डै एक दर्जन व्यक्तिहरुलाई सम्मानित गरिएको हो ।

नेपालगन्ज मेडिकल कलेजका फिजिसियन डा. सुभाष योगी, स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्मा, जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ, जिल्ला कोभिड १९–व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वली, कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखाका ल्याव टेक्निसियन दिपक शर्मा, जे शर्मा मेडिकलका संचालन जिवन शर्मालाई सम्मानित गरिएको हो ।

यस्तै वडा कार्यालय बाँकेका इन्चार्ज डिल्ली खड्का, गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, व्यवसायी विवेकराज भण्डारी र दिपेन्द्र विष्टपनि सम्मानित हुनुभएको छ । सम्मानित व्यक्तिहरुले कोभिड महामारीमा पत्रकारहरुलाई विभिन्न खाले सहयोग पुर्याएको महासंघका सचिव कमल डाँगीले बताउनुभयो ।

महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोख्रेल, लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बाँकेका एसपी श्यामकृष्ण अधिकारीलगायतले सम्मानित व्यक्तिहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

यस्तै महासंघले बाँकेका तीन सय पत्रकारहरुको २ लाख बराबरको वीमा समेत गराइदिएको छ ।

सम्मानित व्यक्तिहरु

तस्विरः नेपालगन्ज ग्यालरी

  • २२ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech