बाँकेमा आजदेखि १८ वर्षमाथिका सबैलाई खोप दिन सुरु

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप दिन सुरु गरिएको छ ।

कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका ८१ वटै स्वास्थ्य संस्थाबाट आजदेखि तीन दिनसम्म खोप दिइने छ ।

बाँकेमा ९० हजार नागरिकलाई खोप दिने लक्ष्य लिइएको छ । अहिलेसम्म बाँकेमा ९७ हजारले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् भने पहिलो मात्रा लगाउनेको संख्या १ लाख ४३ हजार रहेको छ ।

खासगरी भारतसँग सीमा जोडिएको यो क्षेत्रमा रोजगारीको शिलशिलामा भारत पुगेका नागरिकहरु फर्किनेक्रम सुरु भएसँगै भाइरस संक्रमणको जोखिम हुने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाउन लागिएको खोप अधिकृत शर्माले बताउनुभयो ।

बाँकेसहित रुपन्देही र कैलालीमा पनि १८ वर्षमाथिका सबैलाई खोप दिन थालिएको छ । यसअघि काठमाडौंमा मात्रै १८ वर्षमाथिका नागरिकलाई खोप लगाइएको थियो ।

 

  • २२ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech