परदेशीलाई नाकामै खोप !

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०७८, शुक्रबार

नेपालगन्जः भारतबाट फर्किरहेका नेपालीहरुलाई जमुनाह नाकामा खोप लगाउन सुरु गरिएको छ । रोजगारीको शिलशिलामा भारतका विभिन्न ठाउँमा पुगेका उनीहरु चाडपर्व मनाउन यतिबेला घर फर्किरहेका छन् ।

उनीहरुलाई खोप लगाएर मात्रै प्रवेश गराउन थालिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । कतिपयले उतै खोप लगाइसकेका छन् ।

खोप नलगाएकाहरुलाई नाकामै खोप लगाएर घर पठाउने गरिएको हो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहका अनुसार कोरोना भाइरस संक्रमणको जोखिम कम गर्ने उद्देश्यले नाकामै परदेशीहरुलाई खोप लगाउन सुरु गरिएको हो ।

अहिलेसम्म झन्डै एक सय जनालाई खोप लगाइसकिएको छ । यस्तै नाकामा कोभिड पहिचानका लागि एन्टिजेन विधिबाट चेकजाँच गर्ने काम पनि भइरहेको छ ।

  • २२ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech