भेरी अस्पतालमा एकै दिन तीन महिलासहित चारजना कोभिड संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०७८, शुक्रबार

नेपालगन्ज: बाँकेमा एकैदिन चारजना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा ६ घण्टाको अन्तरमा चारजनाको मृत्यु भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार कोभिड संक्रमणकै कारण दाङ दंंगीशरण गाउँपालिका-१ का ३७ वर्षीया महिला, बारबर्दिया नगरपालिका-११ बर्दियाका ४२ वर्षीया महिला , राजापुर नगरपालिका-४ बर्दियाका ५२ वर्षीया महिला र राजापुर नगरपालिका-८ बर्दियाका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दाङ दंंगीशरण-१ का ३७ वर्षीया महिलालाई असोज २३ गते कोभिड संक्रमण पुष्टि भएपछि उहाँ उपचारका लागि सोही दिन भेरी अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको हिजो दिउँसो ३ बजे मृत्यु भएको हो । यस्तै बारबर्दिया- ११ का ४२ वर्षीया महिलालाई असोज १९ गते कोभिड पुष्टि भएको थियो । उहाँ सोहीदिन उपचारका लागि भर्ना हुनुभएको भएपनि स्वास्थ्य सुधार नहुदा हिजो दिउँसो साढे ३ बजे मृत्यु भएको हो ।

फोकलपर्सन ओलीका अनुसार राजापुर-४ बर्दियाका ५२ वर्षीया महिला कोभिड पुष्टि भएपछि असोज १० गतेदेखि भेरीको कोरोना वार्डमा उपचार गराईरहनुभएको थियो । उहाँको हिजो साँझ साढे ७ बजे मृत्यु भएको हो ।

त्यस्तै राजापुर ८ बर्दियाका ३५ वर्षीय पुरुष भदै ५ गतेदेखि भेरीमा उपचार गराईरहनुभएको थियो । उहाँको गएराती ९ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ४२३ जना संक्रमितको मृत्यु भईसकेको छ ।

  • २२ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech