डा प्रकाश नागको क्लिनिकमा लफडा, बिरामीका आफन्तमाथि हातपात गर्ने कर्मचारी प्रहरी नियन्त्रणमा

    • स्वास्थ्य पेज

  • २१ आश्विन २०७८, बिहीबार

नेपालगन्जः नेपालगन्जको विपी चोकस्थित यश क्लिनिकमा लफडा भएको छ । डा प्रकाश नागले संचालन गरेको उक्त क्लिनिकमा बिरामीका आफन्तमाथि क्लिनिकका कर्मचारीले हातपात गरेको पीडितले आरोप लगाएका छन् ।

क्लिनिकमा उपचारका लागि पुग्नुभएकी बैजनाथ गाउँपालिका ६ सम्झनाकी दिलसरा बिसीका भाइ रवीमाथि क्लिनिकमा कार्यरत कर्मचारी श्रवण कुर्मीले हातपात गरेको पीडितका आफन्तले आरोप लगाएका छन् ।

श्रवणलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

रवीले छिटो बिरामी चेकजाँच गरिदिनु पर्यो भन्ने र श्रवणले एकछिन पर्खनुस् भन्ने बिषयमा भनाभन हुँदा श्रवणले रवीमाथि धम्कामुक्का गरेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

डा नागले भने बिरामीको संख्या धेरै भएकाले केहीबेर पालो पर्खिन गरिएको आग्रहमा जवरजस्त गर्दा कर्मचारीबाट रोक्ने प्रयास भएको बताउनुभयो । सामान्य असमझारीका कारण केहीबेर तनाव सिर्जना भएको उहाँले स्विकार गर्नुभयो ।

बिरामीका आफन्तले डाक्टर बस्ने क्याविनको टेवलको सिसा फुटाइदिएको बताइएको छ ।

दिलसरालाई असोज १९ गते ज्वरोको उपचार गराउन क्लिनिकमा लगिएको थियो । फ्लोअप जाँचका लागि डा नागले दिलसरालाई बोलाउनुभएको थियो ।

‘रवीमाथि हातपात भएको सीसीटिभि फुटेजमा देख्न सकिन्छ भन्ने कुरा आएको छ, डिएसपी न्यौपानेले भन्नुभयो-‘भोलि सिसिटिभी फुटेजको अध्ययन गरिने छ ।’

रवीको खुट्टामा चोट लागेको आफुलाई जानकारी नभएको उहाँको भनाइ छ ।

  • २१ आश्विन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech