देशभर ८०५ जनामा कोभिड संक्रमण पुष्टि, ९११ जना निको भए

    • स्वास्थ्य पेज

  • २१ आश्विन २०७८, बिहीबार

नेपालगन्ज: देशभर थप ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६७२ नमुना परीक्षण गर्दा उनिहरूमा संक्रमण पुष्टि भएको हो ।

७ हजार २६४ पीसीआर परीक्षण गर्दा ६६७ जनामा र ३ हजार ४०८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १३८ जनामा संक्रमण देखिएको हो । गएको २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै देशभर थप ९११ जना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

  • २१ आश्विन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech