बाँकेमा आज थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २१ आश्विन २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा आज थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७० नमुना परीक्षण गर्दा थप १२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २९ नमुना परीक्षण गर्दा ६ र मेडिकल कलेज कोहलपुरमा २६ नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

बागेश्वरी ल्याबमा १३ नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएन । आज संक्रमण पुष्टि भएका मध्य बाँकेका ४ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २७३ पुगेको छ ।

यस्तै आज थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८७४ पुगेको छ ।

  • २१ आश्विन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech